मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक भर्खर सम्पन्न भएको छ । 

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सो जानकारी दिएका हुन् । 

प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताए । 

उनले संसद्को अधिवेशन पनि आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी पनि पत्रकारलाई दिए । उनले देशमा पछिल्लो समय देखिएका राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या र जनताका अन्स समस्या समाधानमा केन्द्रीकृत हुने उल्लेख गरे । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार २१:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया