लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा  शपथग्रहण गराइएको बताइएको छ । 

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । 

नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १४:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया