धनुषामा बेवारिस अवस्थामा महिलाको शव फेला

धनुषामा बेवारिस अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका–१ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा रुखमुनि एक भारतीय महिलाको शव फेला परेको हो । 

बेवारिस अवस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । 

मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता क्षेत्रीले बताए । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १२:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया