हुन्डाईको नयाँ स्यान्ट्रो कार बजारमा

काठमाडौं– नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दि अल न्यु स्यान्ट्रो पुनः नेपाली बजारमा ल्याएको छ । 

हुन्डाइ मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टलको १० वर्षको साझेदारीको अवसरमा राजधानीमा गरिएको एक कार्यक्रमबीच नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको हो । 

नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा कम्पनीका महाप्रबन्धक रुपेश शर्मा भट्टले नेपालीले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ बजारमा भित्र्यउन सफल भएकोमा आफूहरू खुसी भएको बताए । 

नयाँ स्यान्ट्रोले आफ्ना ग्राहकलाई मोडर्न र प्रिमियम अनुभव दिल सफल हुने पनि उनको विश्वास छ । फरक–फरक भेरियन्टमा ल्याइएको स्यान्ट्रोको मूल्य २४ लाख ९६ हजारदेखि २९ लाखसम्म पर्ने कम्पनीले जनाएको छ । 

यस्ता छन् विशेषता

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याबिन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषतासमेत ल्याएको छ । जसअन्तर्गत १७.६४ सेमी स्र्माट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकग्निसन जडित अडियो–भिडियो प्रणाली, रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स रहेको छ । 



नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, फोर सिलेन्डर पेट्रोल इन्जिन जसले ६९ पिएस पावर र १०.१ केजिएमको टर्क प्रदान गर्नेछ । यस्तै, एन्टिलक प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ ।
 



  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार १४:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया