काठमाडौंको धुलोबाट हैरान हुनुहुन्छ, यी उपायबाट राख्न सक्नुहुन्छ स्वास्थ्य राम्रो

काठमाडौं– आजभोलि काठमाडौंमा मात्र होइन, नेपालका अन्य सहरमा पनि धुलो निकै बढेको छ । धुलोको सँगसँगै वायु प्रदुषण पनि निकै बढेको छ । वायु प्रदुषणका कारण हाम्रो शरीरमा यति धेरै हानिकारक तत्व जान्छन् कि हामीलाई उक्त रक्तचापमात्र होइन, हृदयघात, डायबिटिज, साइनोसाइटिसलगायतका स्वास्थ्य समस्या देखिन सक्छन् । यी सबबाट बच्न यी आर्युवेदिक उपाय उचित हुनसक्छन्:

प्रदुषणबाट बच्न हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक छ । शरीरमा भएका फ्रि रेडिकल्स (प्रदुषणका अति साना तत्व) हाम्रो शरीरबाट बाहिर निकाल्नु पर्ने हुन्छ । आर्युवेदको हिसाबमा हाम्रो पाचन प्रक्रिया ठिक छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । साथै सासप्रश्वास पनि ठिक हुनुपर्छ । त्यसका लागि निम्न उपाय अपनाउन सकिन्छः

नाक सफा राख्न शुद्ध घ्यूको सानो थोपा नाकमा हाल्न सकिन्छ । हरेक विहान यसो गर्दा हाम्रो नाकको नली सफा हुन्छ । र, यसले हावामा भएको हानीकारक तत्व हाम्रो फोक्सोसम्म पुग्न पनि रोक्छ ।

राती सुत्नुभन्दा अगाडि त्रिफला पनि लिन सकिन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । र, हाम्रो प्राचन प्रणालीमा पनि सुधार ल्याउँछ । एक चम्चा त्रिफला दुधमा मिसाएर खाँदा धेरै राम्रो हुन्छ ।

दिनमा दुई पटक अदुवा हालेको चिया पिउनु अत्यन्त राम्रो हुन्छ । आधा चम्चा अदुवाको धुलो हालेको चिया पिउँदा हाम्रो इम्युनिटी शक्ति बढ्छ र साससँग जोडिएको समस्याबाट हामीले छुटकारा पाउन सकिन्छ ।

खुर्सानी पनि हाम्रो स्वास्थ्यका लागि राम्रो हो, यसले हाम्रो सासप्रश्वास सम्बन्धी समस्या हल गरिदिन्छ । 



प्रदुषणसँग बच्न एक गिलास दुधमा ३ ग्राम वा आधा चम्चा बेसार हालेर पिउन सकिन्छ । 

तुलसीको जुस १० मिलिलिटर पानीमा मिसाएर पिउँदा वा तुलसीको पत्तीबाट रस निकालेर पिउँदा सास नलीबाट प्रदुषणका तत्व हटाउन सकिन्छ ।



प्रदुषणबाट आँखामा हुने समस्याबाट छुट्कारा पाउन गुलाब जलको सानो थोपा बिहान र बेलुका आँखामा राख्न सकिन्छ । यसले आँखा सफा राख्छ ।

बाहिर हिँडडूल गर्दा सफा मास्कको प्रयोग अत्यन्त आवश्यक हुन्छ ।

  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १७:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया