इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनहमविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ । इतिहाडमा भएको खेलमा टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । उसका लागि डेजान कुलुसेभ्स्की र एमरसन रोयलले गोल गरे ।
सिटीका लागि दोस्रो हाफको सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे । खेलको अन्तिमतिर रियाद मेहराजले दुई गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए ।
यो जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ४२ अंक भएको छ । ३३ अंक जोडेको टोटनहम पाँचौं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।