कार्तिकको पारिश्रमिक दैनिक दुई करोड

अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि सवा लाख रुपैयाँ पारिश्रमिक लिएका थिए ।

उनले कोभिड–१९ को बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे ।

कार्तिकले सन् २०२१ मा रिलिज फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेबापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । 

हालै उनले त्यो पारिश्रमिक लिएको स्विकार्दै निर्माताले आफूलाई त्यतिधेरै पारिश्रमिक किन दिए भन्ने कुरा पनि खुलाएका छन् ।

‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुट थियो । त्यो मेरो मिहिनेतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु’, उनले भनेका छन् ।

कार्तिकका अनुसार सन् २०२२ मा रिलिज फिल्म ‘भूल भूलैया २’को सफलतापछि उनी आफूलाई हिरो नम्बर वान सम्झन्छन् । ‘मैले आफूलाई जहिल्यै एक नम्बरकै रुपमा हेरें । मानिसहरुले विस्तारै विस्तारै यो कुरालाई महशुस गर्न थाले र मलाई त्यही नजरमा हेर्न थाले । यो मानिसहरुको प्रेम हो । म फ्यानको प्रेमबाट उत्साहित छु र जहिल्यै हिट फिल्म दिन चाहन्छु । बलिउडमा म केवल एक राजकुमार हुँ’, कार्तिकको भनाइ छ ।



कार्तिकको आउन लागेको फिल्म ‘आशिकी ३’ हो । जसको निर्देशक अनुराग बसुले गरेका छन् । यसबाहेक उनी कृति सेननका साथ फिल्म ‘शाहजादा’मा पनि देखिँदै छन् ।



  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १८:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया