\
लगातार खराब नतिजा दिएपछि इंग्लिस क्लब एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन् । उनी एक वर्ष नपुग्दै बर्खास्तमा परेका हुन् ।
गत शनिबार एभर्टनले वेष्टह्यामसँग २–० गोलको पराजय बेहोरेपछि क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो । प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय हार बेहोरेको छ ।
तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन जोनमा हुने सम्भावना धेरै छ । ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।