नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद्को घोषणा

काठमाडौँ–हिन्दु परिषद् नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आइतबार रिपोेर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर परिषद्ले यस्तो घोषणा गरेको हो । 

कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिए । 

उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिश्चियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दु राष्ट्र नै कायम गनुपर्ने बताए । 

उनले भने, ‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजावादीसँग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’ 

पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्मसम्बन्धी गतिविधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला जातीय विभेद हटाउनुपर्ने धारणा राखे । 

कार्यक्रममा परिषद्का महासचिव अनिरुद्धप्रसाद सिंह, सचिवालय सदस्य भरत सरार्फ, हिन्दु महिला परिषद्को केन्द्रीय अध्यक्ष सुनिता रौनियार, हिन्दु महिला परिषद्को केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरला कार्की, हिन्दु महिला परिषद्की उपाध्यक्ष साधना यादव र युवा परिषद्का नगर अध्यक्ष रञ्जित चौरसिया लगायतको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १४:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया