लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गरेको छ। नागरिक उन्मुक्ति सतारुढ दलभित्र रहे पनि छुट्टै उम्मेदवारी दर्ता गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका हुन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिएका हुन्।
यादवको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी छन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेको बताइन्।
सरकारलाई विश्वासको मत दिए पनि आफूले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई सहयोग नहुने उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।