मिलेन मन्त्रालय भागबण्डा, शपथ ग्रहणमा ढिलाई

मन्त्रालयको भागबण्डामा दलहरुबिच सहमति हुन नसक्दा मधेस प्रदेशको मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मध्यान्ह् ४ बजे मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि साँझको साढे ५ बजेसम्म पनि कुनै सुरसार देखिएको छैन् । 

स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरु भित्र आन्तरिक रुपमै मन्त्रालय भागबण्डाको विषयमा विवाद रहेको छ ।मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएपनि शपथ ग्रहणमा ढिलाई देखिएको छ । अहिलेसम्म कार्यक्रमस्थलमा सरकारको तर्फबाट कोहीपनि उपस्थित भएको देखिएका छैनन् । 

लामो रस्साकस्सी पश्चात मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डललाइ पूर्णता दिने तयारी गरेका हुन् । उनले नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची समेत तयारी पारिसकेका छन् । 

मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरी ४ बजे नै शपथ ग्रहण गराइने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई दिएपछि प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको तयारी पुरा गरेको छ । यद्यपि साँझको साढे ५ बज्न लाग्दासमेत मुख्यमन्त्री र मन्त्रीहरू कार्यक्रमस्थलमा नपुग्दा ढिलाई भएको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १७:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया