प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । उनले यसका लागि रास्वपाका अध्यक्ष रवि लामिछानेसँँग फेरि भेटेर कुरा गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार मात्रै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए ।
रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको भन्दै उनले फेरि छलफल गरेर यसलाई हल गर्नेतिर जाने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।