रास्वपाका नेता झा भन्छन्– निर्मम समीक्षाका साथ अघि बढ्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । 

उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए ।

‘पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ । हामी सबै ठीक ठाउँमै छौँ,’ नेता झाले सञ्चारकर्मीसँग भने । 

पार्टी सभापति रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यबद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ । सांसद झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताए ।

मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहीत स्वार्थ स्वाभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १३:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया