मुख्यमन्त्री शाह रेशम चौधरीको घरमा, भने- टीकापुर घटनाका बन्दी छिट्टै रिहाइ हुन्छन्

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले घरमै पुगेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका परिवारलाई भेटेका छन् । उनले आज बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गरेका हुन् ।  

भेटमा मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिए । ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने । 

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ ।   

यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत नदिएपछि एक महिनामै ढलेको थियो । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा र स्वतन्त्रबाट एक/एकजना सांसद छन् ।  





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार ९:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया