तिमाल डाँडा पर्यटकीय गन्तव्य बनाउने टानको प्रयास जारी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको तिमालमा टान पर्यटन स्मृति पार्क बनाउन ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान)लागि परेको छ ।

तिमाल डाँडाको करिब ६ सय ५० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउने भन्दै टान सन् २०११ देखि प्रयासरत छ । पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा पार्क बनाउने योजना टानले ८ वर्ष अगाडी नै बनाएको थियो ।

योजना बनाएको ८ वर्षपछि टानले तिमालमा पर्यटन स्मृति पार्क निर्माणको काम सुरु गरेको छ । तिमाल डाँडामा निर्माण गर्ने भनिएको पार्कको पहिलो चरणको कामा अन्र्तगत टानले गुरुयोजना अनुसार काम सुरु गरेको छ । टानका निर्वतमान महासचिव कर्ण लामाका अनुसार पहिलो चरणमा पार्क स्थलसम्म पुग्ने सिँढी निर्माणको काम सुरु गरिएको छ ।

स्मृति पार्क निर्माण गर्न पर्यटन बोर्डले वर्षेनि रकम विनियोजन गर्दै आएको छ । तर, बोर्डले विनियोजन गरेको रकमले तिमालमा पार्क निर्माण गर्न नसकिने देखिए पछि टानले दाता पनि गुहारेको लामाले जानकारी दिए ।

बोर्डले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको भएपनि टानको योजनाअनुसार उक्त रकमले अपुग हुने देखिएको लामाले बताए ।

बुद्धिस्ट मास्टर ट्रेल अन्र्तगत निर्माण गर्न लागिएको स्मृति पार्क निर्माणका लागि सहयोग गर्न विभिन्न दुतावास र गैर सरकारी संस्थासँग सहयोग मागिएको छ ।  



काभ्रेको तिमाललाई तामाङहरुको उद्गम थलो मानिन्छ । पर्वतीय पर्यटनमा मजदुरी गर्ने तामाङ समुदायको बाक्लै प्रतिनिधित्व रहेका कारण स्मृति पार्कका लागि तिमाल छानिएको लामाले बताए । 

२१ सय मिटर उचाईमा रहेको तिमालको पहाडमा अवस्थित गुलगं ओडारलाई गुरू रेम्पोर्छे (पद्मसंभव)ले तपस्या गरेको गुफा भनिन्छ । काठमाडौंबाट ७३ किलोमिटरको दुरीमा रहेको तिमाल पुग्न ६ घण्टा यात्रा गर्नुपर्छ । सगरमाथा, अन्नपूर्णलगायत पाँचओटा हिमशृंखलासहित सुनकोशी तथा रोसी नदीको दृश्यावलोकन गर्न सकिन्छ ।



‘तामाङ संस्कृति बिर्सिए तिमाल जानु’ भन्ने भनाईले पनि यो क्षेत्र तामाङ संस्कृतिमा धनि रहेको देखाउँछ । तिमाल पुग्न काठमाडौं–बनेपा हुँदै बिपी राजमार्गको भकुण्डेबेंसी पुग्नुपर्छ । भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, ससर््युँखर्क, चापाखोरी हुँदै तिमाल डाँडा पुगिन्छ ।

त्यस्तै, पाँचखाल नगरपालिकाको तामाघाटबाट स्थानीय कच्ची सडक प्रयोग गरेर बोहोरे दोभान, सस्युखर्कको आदा हुँदै वा बोहोरेदोभान अमल्टारी, सरमथलि, ठूलो पर्सेल हुँदै पनि तिमाल डाँडा पुग्न सकिन्छ ।

  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ८:५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया