चुनावअघि नै आफूलाई राष्ट्रपति दिने सहमति भएको माधवकुमार नेपालको दाबी
फाइल तस्वीर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् ।

मंगलबार दाङका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसबारे अहिले आफूले केही सोचिनसकेको र देशका लागि आफूहरुले जस्तोसुकै बलिदान गर्न पनि तयार हुने बताएका छन् ।

उनले राष्ट्रपति आफ्नो पार्टीले पाउने विषयमा चाहिँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग ४ मंसिरमा भएको निर्वाचनअगाडि नै सहमति भएको पनि बताएका छन् ।

यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै जना तयार भएको पनि उनले दाबी गरेका छन् ।






  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १३:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया