केपी ओली कप आजदेखि, उद्घाटन खेलमा पुलिस र सातदोबाटो खेल्दै

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो युथ क्लब खेल्दै छन् । यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन दिउँसो ३ बजे सुरु हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । ‘ए’ डिभिजनका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन् । 

सुरुका ४ वटा नकआउट म्याच र त्यसपछिका विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ । नकआउट चरणको खेल हेर्न दर्शकलाई शुल्क नलाग्ने युवा संघका महासचिव एवं केपी ओली कपका संयोजक क्षीतिज थेवेले जानकारी दिए । उनका अनुसार १७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपैयाँ पाउने छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ८:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया