पुरानो गठबन्धन ब्यूँताउने तयारी : कांग्रेस र माओवादीबीच छलफल जारी

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेदवार छान्नका लागि प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलले तीव्रता पाएको छ । कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच पुरानो गठबन्धन ब्यूँताउने गरी छलफल भइरहेको हो । 

सहमतिका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र पारेका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासहित भएको छलफल सकारात्मक भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार बिहीबार पनि छलफल गर्ने र सहमतिको खाका तयार पार्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपतिको चुनाव तथा उम्मेदवारबारे छलफल गरेका थिए ।  

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको माओवादीले कांग्रेसलाई सघाउने सङ्केत गरेको छ । गएको १० पुसमा भएको समझदारीअनुसार नै राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राख्दै आएको अहिलेको सत्ता साझेदार दल एमालेले लचक भएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । यसबारेमा बुधबार प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको बताए ।



उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा बुधबार छलफल भए पनि निष्कर्ष नआएको उनले जानकारी दिए ।  

आसन्न राष्ट्रपति निर्वाचनका अनुसार २५ फागुनमा निर्वाचन हुँदैछ । 



  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ८:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया