माधव नेपाललाई एमालेको प्रस्ताव : पार्टी एकता गरौँ, राष्ट्रपतिको उम्मेदवार बन्नुस्

नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव गरेको छ। बिहीबार अध्यक्ष माधव नेपाललाई भेटेर ‍एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा यस्तो प्रस्ताव गरेका हुन्। 

पोखरेलले नेपालसँग भेटेर विगतका कुरा बिर्सेर अघि बढ्न र पार्टी एकताको प्रक्रिया थाल्न प्रस्ताव गरेका थिए । सो भेट पोखरेलले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । 

यसअघि केही दिन पहिले एमाले अध्यक्ष ओलीले नेपाललाई अनौपचारिक रूपमा यस्तै प्रस्ताव गरेका थिए। तर, नेपाल ओलीको प्रस्तावमा विश्वस्त हुन सकेका छैनन्। 

भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीले कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नका लागि कार्यदल नै बनाएको स्मरण गराउँदै नेकपा ब्युँताएमा आफू राष्ट्रपतिको उम्मेदवार बन्न तयार रहेको बताएका छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १९:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया