राष्ट्रपतिमा निर्वाचित नभएमा सांसद पद नगुम्ने

राष्ट्रपतिमा निर्वाचित नभएमा सांसद पद नगुम्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराउने अन्तिम दिन १३ फागुनसम्म राष्ट्रपतिमा दुईजनाको उम्मेदवारी तय भएको छ। 

राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्बाङको उम्मेदवारी परेको हो। पौडेल र नेम्बाङ दुवै प्रतिनिधिसभाका निर्वाचित सांसद हुन्। 

राष्ट्रपति पदमा निर्वाचित भएपछि मात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

निर्वाचित सांसदले राष्ट्रपतिमा उम्मेदवारी दिएर विजेता बने मात्रै सांसदबाट राजीनामा दिन सक्ने व्यवस्था रहेको उनको भनाइ छ।





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १७:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया