युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्छ : नेता कोइराला

कावासोती– नेपाली काङ्गे्रसका महामन्त्री डा.शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । 

नेपाली काङ्ग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए । 

अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उनले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनदे नयाँ पुस्तालाई विगतको इतिहासका बारेमा जानकारी दिँदै उनीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए । 

 प्रजातन्त्र दिवसका अवसर पारेर २००७ देखि २०१७ सालसम्म पार्टीमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानी ४५ जनालाई ‘हाम्रा अग्रज हाम्रो गौरव’पुरस्कारले सम्मान गरिएको हो । ४५ जना विभिन्न व्यक्तित्वलाई मरोणपरान्त सम्मान गरिएको हो । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ७:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया