\
सर्वोच्च अदालतले नेपाली सेनाले नियन्त्रणमा लिएका दुईजना सैनिक अधिकृतलाई उपस्थित गराउन आदेश गरेको छ ।
सेनाले प्राड विभागमा कार्यरत महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई नियन्त्रणमा राखेको छ ।
उपरथी प्रेम प्रकाश शाहीलाई सघाएको आरोपमा नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । बुधबार सर्वोच्चले दुई सैनिक अधिकृतसहित उपस्थित हुन सेनालाई आदेश गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलाशले उनीहरूलाई नियन्त्रणमा लिएको बारे ‘कारण देखाऊ आदेश’ पनि जारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।