प्रिमियर लिगमा आर्सनलको उत्कृष्ट पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट पुनरागमन जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले बर्नेमाउथविरुद्ध दुई गोलले पछि परेको स्थिति उल्टाएर ३–२ को जित हात पारेको हो ।​

आर्सनलको घरेलु मैदानमा पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाए । 

५७ औं मिनेटमा मार्कोस सेनिसीले गोल गर्दै बर्नेमाउथलाई २–० को अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा थोमस पार्टीले गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा ल्याए ।

खेलको ७० औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै शीर्ष स्थानको आर्सनलले २६ खेलमा ६३ अंक जोडेको छ । बर्नेमाउथ २१ अंकका साथ १८ औं स्थानमा रहेको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार ७:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया