सत्ता गठबन्धनका १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाउने विषयमा सहमति नसकेको बताइएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गरे पनि सहमति भने जुट्न नसकेको हो ।
अब गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहमति नजुटेपछि जनमत पार्टीबाट एक जना र जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दिने भएका हुन् ।
जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय बताइएको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।