चितवनको सहिद स्मारक कलेजमा वस्तु फेला
फाइल तस्बिर

चितवनको भरतपुर महानगरपालिका–१९ सारदानगरस्थित शहीद स्मारक कलेजमा शङ्कास्पद वस्तु भेटिएको छ ।

कलेज परिसरमा रहेको पार्किङस्थलमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु भेटिएको हो ।   

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार आज फेला परेको उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौँ’ लेखिएको छ ।

डिएसपी पण्डितले उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको बताए ।    

यसअघि २९ फागुनमा भरतपुर–२६ दिव्यनगरस्थित उमावडी शेरचन कलेजको गेट नजिकै भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । स्ववियु निर्वाचन ५ चैतमा हुँदैछ ।   





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ९:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया