इक्वेडर भूकम्प : मृत्यु हुनेको संख्या १६ पुग्यो, ४ सयजना घाइते

पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । त्यस्तै, भूकम्पमा ४ सयभन्दा बढी घाइते भएका छन् । 

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।  

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् ।

कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।   

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । 

भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । शनिबार मध्यान्ह गएको भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।  





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १२:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया