मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका राज तामाङ विजयी भएका छन् ।
तामाङका मुख्य प्रतिस्पर्धी अनेरास्ववियुका बैदेवी बुढा र समाजवादी अनेरास्ववियुका कविराज शाहीलाई पराजित गर्दे नेविसंघका राज तामाङ रारा बहुमुखी क्याम्पसको सभापतिमा विजयी भएका हुन् ।
२ सय ६० मतदाता रहेको उक्त क्याम्पसका २ सय ७ जना मतदाताले मतदान गरेका थिए । विजयी तामाङले १ सय १७ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्ष पदको उम्मेदवारमा अनेरास्ववियुकी बैवैदेवी बुढाले ७२ मत ल्याएकी छन् भने अनेरास्ववियु समाजवादीका कविराज शाहीले १२ मत ल्याएका थिए ।
यस्तै, कोषाध्यक्षमा नेविसंघकी रक्षा महताराले ९० मत पाउँदा अनेरास्ववियुकी वसन्ती रोकाया ९८ मत प्राप्तका साथ कोषाध्यक्षमा निर्वाचित भइन् । सचिवमा नेविसंघका असल विक निर्वाचित भएका थिए ।
सदस्यमा नेविसंघका पञ्चदेवी सेजुवाल र सपना रावल विजय भएको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए । उनले ९ मत वदर भएको पनि जानकारी दिए ।
समानुपातिकतर्फ नेविसंघले ९४, अनेरास्ववियु ८३, अनेरास्ववियु समाजवादी १३, अनेरास्ववियु क्रान्तिकारीले ८ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।