राजनीतिले लय समात्यो, अब संघ र सबै प्रदेशमा आलोपालो सरकार चलाउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् । मंगलबार गोरखा पुगेर उनले संघ र सबै प्रदेशमा आलोपालो सरकार चलाउने बताए । 

सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएका उनले मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै खुसी व्यक्त गरे । विश्वासको मत प्राप्त भएपछि राजनीतिक वातावरण बनेको र राजनीतिले लय समातेको उनले दाबी गरे ।

गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै उनले आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिएर जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने बताए । 

प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने प्रधानमन्त्रीको संकेत थियो । 

कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी थिए । 





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १५:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया