\
सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसबाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । यहाँ नेकपा एमालेसम्वद्ध अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी पार्टीको अनेरास्ववियुबीच चुनावी तालमेल भएको छ । अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् ।
कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले आगामी २१ गते नयाँ मिति तय गरेको छ ।
अरू क्याम्पस भने निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफलमै रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।