भीम रावलसित निर्णायक वार्ता गर्न विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन

नेकपा एमालेले असन्तुष्ट नेता भीम रावलसित वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल संयोजकत्वको वार्ता समितिमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् । 

शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

समितिलाई रावलसित निर्णायक संवाद गर्ने जिम्मेवारी दिइएको छ । वार्तामा रावलबाट सकारात्मक प्रतिबद्धता आएमा उनलाई आवश्यक जिम्मेवारी दिने एमालेको तयारी छ । 





  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार १६:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया