पाँच महिनामा मान्छे चिन्नुभएको छ, हिजाेका कुरा बिर्सिएर पार्टीलाई जिताउनुस् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हिजाेका सबै कुरा बिर्सिएर उपनिर्वाचनमा पार्टीलाई जिताउन नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनको कालिका नगरपालिकामा कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट कसैलाई नभएकाे बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेकाले हिजाेकाे गल्ती नदाेहाेर्याउन आग्रह गरेका हुन् ।

‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ, उनले भने, 'तपाईंहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्न चाहन्छु।' 

पार्टीसँग र नेताहरूसँग तमाम असन्तुष्टि भए पनि अहिले त्यसलाई बिर्सेर अघि बढ्न उनले आग्रह गरे। उनले भने, 'यथोचित समयमा बसेर छलफल गरौंला, तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १६:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया