प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्याबारे प्राथमिकता दिइने : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् । 

वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि बिहीबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकिनसकिएको बताइन् । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयबारे मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाब दिने उनको भनाइ छ । 
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्ने पनि उनले जानकरी दिइन् । 





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार १७:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया