निरा पाण्डे हत्या प्रकरणबारे प्रतिनिधिसभामा गगनले उठाए प्रश्न

कपनमा भएको निरा पाण्डे हत्या प्रकरणमा सात दिनसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभामा प्रश्न उठाएका छन् । 

गत बिहीबार दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी बागलुङको बडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको थियो। 

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा महाजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो।

काठमाडौंमै दिउँसै व्यस्त ठाउँमा भएको हत्या प्रकरणका हत्यारा तत्काल पत्ता लगाउन उनले माग गरेका छन्। प्रहरी प्रशासनप्रति विश्वास गर्ने वातावरण बनाउन पनि उनले गृहमन्त्रीलाई आग्रह गरेका थिए।





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १६:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया