संसारको सबैभन्दा ठूलो झिंगाको कथा

हराएको करिब तीन दशक पछि संसारको सबैभन्दा ठूलो झिंगा फेरि भेटिएको छ । यसको आकार मानिसको एउटा औंलाभन्दा ठूलो छ । दशकौं पहिला यो झिंगा गायब भएको थियो तर पुनः यसलाई इन्डोनेशियाको आइसल्यान्डमा भेटिएको छ । 

लामो समयसम्म जारी अनुसन्धानपछि जंगल विभागका विशेषज्ञले यो प्रजातिको एउटा जिउँदो पोथी झिंगा भेटेका छन् । यसको नाम ‘वालेस जाइन्ट बी’ रहेको छ । अनुसन्धानकर्ता रसेल वालेसको नामका आधारमा यसको नामाकरण गरिएको हो । 

विश्वमा १९८१ मा पछि यो प्रजाति देखिएको थिएन् । जनवरीमा विशेषज्ञको एक टिमले इन्डोनेशियाको जंगलमा यो झिंगा खोजेर पत्ता लगाएका थिए । 

यसको पहिलो तस्बिर लिएका क्ले बोल्टले भनेका छन् ‘यो प्रजाति लोप भइसकेको जस्तो लागेको थियो, तर हामीले यो कति सुन्दर छ देख्न पायौं, जब यो उड्छ यसको पखेटाको आवाज कानमा ठोक्किन्छ ।’

यो झिंगाको पखेटा लगभग ६ सेन्टिमिटर लामो छ ।  अन्य किराबाट बच्न आफ्नो बङगाराको प्रयोग गर्छ । यो तराईको जंगलमा पाइन्छ । वालेसले चाल्र्स डार्विनसँग इभ्यालुयसनको सिद्धान्तमा काम गरेका थिए, उनले यो झिंगाको बारेमा लेखेका थिए ‘एउटा ठूलो कालो हड्डी जस्तो किरा जसको बङगारा निकै ठूलो छ ।’

यो झिंगा इन्डोनेशियाको उत्तरी मल्युकश आइसल्यान्डमा पाइन्छ । अहिले यो किराको व्यापारका लागि कुनै कानुनी सुरक्षा छैन् । 



पर्यावरण समूह ग्लोबल वाइल्ड लाइफ कन्जरभेसनले लोपोन्मुख प्रजातिको खोजका लागि एक अभियान सुरु गरेको छ, जसमध्ये यो एउटा भाग हो । 
 



  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १०:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया