कांग्रेसभित्रको समस्या खोजी गर्न आवश्यक देखियो : गगन थापा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताएका छन् ।  

काठमाडौं निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा थापाले उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । उनले आफूहरूले कार्यकर्तालाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गरे ।

यदि कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीररूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा काठमाडौं क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए ।   

उनले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
 
 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ७:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया