प्रतिनिधि सभा बैठक : अर्थमन्त्रीले आज प्रि-बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्यको थप नाम मनोनयन गर्ने पहिलो कार्यसूची रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल हुनेछ । छलफलपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।   

प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन शनिबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । प्रि–बजेट छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि १५ जेठमा बजेट प्रस्तुत हुनेछ ।   

यस्तै, आजको बैठकमा कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ लाई स्वीकृत गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।   





  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार ८:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया