भुटानी शरणार्थी प्रकरणबारे गगन थापा भन्छन्- नेता होस् कि नाता होस्, एउटा पनि छुट्नु हुन्नँ

नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बाेल्दै उनले सरकारसँग प्रकरणको अनुसन्धान निष्पक्ष गर्न माग गरेका हुन् ।  

‘नक्कली भुटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ, कि सरकारले यसलाई कसरी डिल गर्छ सबैले बाँकी रहेको कुरा निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ, म सरकारलाई प्रशंसा गर्छु । संलग्न जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै तह, ओहदाको होस् । कारबाहीको दायरमा ऊ आउनैपर्छ,’ थापाले भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्, तर कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस् । अनुसन्धान फ्री र फेयर होस् । निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने । नेता होस् कि नाता होस्, एउटा पनि नछुटोस् ।’ 

उनले यो प्रकरणमा सरकारले राम्रोसँग खुट्टा टेक्नसके आगामी दिनमा सुशासनको नारा लगाउनसक्ने पनि बताए । 

‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईँको फिल्म चल्छ, हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ,’ सांसद थापाले भने, ‘सबैले हेरेको छ, यहाँ अनुसन्धान गरेर मात्र हुँदैन अब विश्वास लाग्नुपर्छ । सुशासनको विषयमा अनि मात्र बल्ल काम गर्न सक्छौँ ।’  





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १३:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया