मन्त्री रवीन्द्र अधिकारी चढेकाे हेलिकाेप्टर दुर्घटना
फाइल फोटो

काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर गृह मन्त्रालय पुष्टी गरेकाे छ।

गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियाे ।

ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए ।

हेलिकोप्टरको खोजीका लागि नेपाली सेना, प्रहरीलगायतको टोली त्यस तर्फ लागिसकेको छ ! 

घटनाबारे थप विवरण आउन बाँकी छ ।






  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १४:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया