त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

हेटौँडा–गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  

आज बिहानै सूचना थाहा नपाई त्यसतर्फ गएका सवारीसाधनहरु बीच सडकमै रोकिनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । 

मौसममा सुधार आउने बित्तिकै नुनसहितको प्राविधिक टोली खटाई सडक सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए ।   





  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार ८:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया