बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

मन्त्रालयले घटाएको भाडादर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । नयाँ भाडादर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने उनको भनाइ छ । 

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०–१० र पेट्रोलमा तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० ले भाउ घटाएको थियो । 

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै २० भाडा तिर्दै आइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार २२:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया