सुडानको डार्फरमा युद्ध चर्किएको स्थानीयको दाबी

सुडानको पश्चिमी क्षेत्र डार्फरमा शुक्रबार प्रतिद्वन्द्वी सुडानी सेनाबीच भएको युद्धविरामको चौथो दिनमा पनि द्वन्द्वका घटना भएको र युद्धविराम सम्झौताको उल्लङ्घन भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

भीषण भिडन्तले अमेरिका र साउदी अरबका पर्यवेक्षकले युद्धविरामप्रति सबैको ‘सम्मान’ बढेको तर छिटफुट आक्रमणका घटना भएको बताएका छन् ।

१ हजार ८०० जनाको ज्यान जाने गरी भएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको हप्तौँलामो युद्धपछि सोमबार अबेर राति युद्धविराम लागू भएको केही मिनेटमै हवाई आक्रमण र गोली चलेको जानकारी राजधानी खार्तूमका स्थानीय प्रत्यक्षदर्शीले दिएका छन् ।

सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले एकअर्कालाई यस हप्ता थप उल्लङ्घनको आरोप लगाए पनि सम्झौता उल्लङ्घन घटनामा दुवैथरीको संलग्नता रहेको बताइएको छ । 

संयुक्त राज्य अमेरिका र साउदी अरबले पछिल्लो सम्झौताको मध्यस्थता गरेका हुन् । उनीहरूले विशेष गरी बुधबार सम्झौता लागू भएदेखि ‘गम्भीर उल्लङ्घन’का घटना नभएको बताएका छन् ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार २२:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया