झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी
फाइल तस्बिर

अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित १ सय २ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका  छन् । गत २७ वैशाखदेखि जेठ १४ गतेसम्म दुईपटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् । 

तीनजना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । निवेदन दर्ता गराउनेहरू वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने सर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन् ।  

मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएका लगायत उजुरी छन् ।  

जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट उजुरी बढी परेको न्यौपाने बताउँछन् । उनले मिटरब्याजपीडितले ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिए । कार्यालयमै मिटरब्याज पीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको छ ।

सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीउपर छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको बताए । प्रशासनले मिटरब्याजपीडितलाई अन्तिमपटक यही १४ जेठभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो ।   

निवेदन दिन म्याद सकिएको दुई दिनपछि मंगलबार पनि थप दुईजनाको उजुरी परेको छ ।  





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १०:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया