महोत्तरीमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।
महोत्तरी गौशाला नगरपालिका–१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतीक्षालयमा भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिँड्थे । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।