शौचालयकाे रकम खाने प्रधानाध्यापकलाई ६ महिना कैद

सिराहाका एक प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय ताेकिएकाे छ । जिल्लाको रामपुरविर्ता–५ स्थित सिराहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि विशेष अदालतले आइतबार भ्रष्टाचारको कसुर कायम गरेकाे हाे । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले तत्कालीन प्रधानाध्यापक वसन्त मण्डल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभरोस मण्डललाई भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको हो। 

अदालतले मण्डललाई ६ महिना कैद र १ लाख ४७ हजार रुपैयाँ जरिवाना तथा उति नै रकम बिगो असुलउपर गर्ने अन्तिम आदेश दिएकाे छ । अर्का प्रतिवादी रामभरोस मण्डलको मृत्यु भइसकेकाले उनका हकवालासँग १ लाख ४७ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ।

उक्त विद्यालयमा छात्रा शौचालय निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। जसमाथि छानबिन गर्दा चार लाख रुपैयाँ हिनामिना भएको भेटिएपछि मुद्दा दायर भएको थियो।





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १९:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया