चीनले फेरि दिएन मसुद अजहरलाई आतंककारी घोषणा गर्न

एजेन्सी– चीनले पाकिस्तानको चरमपन्थी समूह जैस ए मोहम्मदका संस्थापक मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचीमा राख्ने भारतको प्रस्तावलाई पुनः रोकेको छ । 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अमेरिका, बेलायत र फ्रान्सले मसुद अजहरलाई संयुक्त राष्ट्र संघको आतंककारीको कालो सूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । 
चीनले बुधबार फेरि यसलाई रोकेको हो । 

सुरक्षा परिषदलाई दिएको नोटमा चीनले मसुद अजहरलाई प्रतिबन्ध लगाउने प्रस्तावमा सोच्न अझै केही समय चाहिने उल्लेख गरेको छ । यो तेस्रो पटक थियो, मसुदलाई आतंककारी घोषित गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गरेको । 

यसभन्दा अघि भारतले २०१६ र २०१७ मा गरेकाे प्रयासलाई चीनले राेकेकाे थियाे । अजहरकाे संगठन जैस ए मोहम्मदलाई २००१ मा आत‌ंकवादी संगठन घाेषणा गरिएकाे थियाे । 

यदि मसुद अजहर आतंककारी घोषित भए उनको सम्पत्ति जफत हुन्छ र कुनै कारोबार गर्न पाउँदैनन् । साथै विश्वका कुनै पनि ठाउँमा यात्रा गर्न मसुदलाई प्रतिबन्ध हुनेछ । 

याे संगठनले हालै भारतकाे पुलवामा भएकाे आक्रमणकाे जिम्मा लिएकाे थियाे । यसपछि भारतले मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीकाे कालाे सूचीमा राख्ने प्रयासलाई तीव्र पारेकाे थियाे । 






  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार ९:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया