वातावरण प्रदुषणले २०५० सम्म लाखौंको अकालमा ज्यान जान सक्छ: संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघले वातावरण प्रदुषण सम्बन्धमा बनाएको रिपोर्ट सार्वजनिक गरेको छ । 

बढ्दै गएको प्रदुषणले पर्यावरणमा आउन सक्ने भयानक परिणामबाट मानिसलाई बचाउन तत्काल कदम उठाउन आवश्यक रहेको बताएको छ । 

विश्वभरका देशहरु प्रदुषण घटाउन एक जुट नभएमा २०५० सम्ममा एशिया, पश्चिमी एशिया र अफ्रिकाका लाखौं मानिसको अकालमा मृत्यु हुन सक्ने युएनले चेतावनी दिएको छ । 

अहिले विश्वभर अकालमा मृत्यु हुने मानिसमध्ये एक चौथाई मानिस प्रदुषण र पर्यावरणीय कारणले भएकोसमेत रिपोर्टमा उल्लेख छ । 

संयुक्त राष्ट्र संघको यो रिपोर्टमा यी तीन दशकमा जल प्रदुषण नै मृत्यु कारण बनिरहेको लेखिएको छ । प्रदुषित पानीले मानिसको प्रजनन क्षमतामा समेत ह्रास ल्याउनेछ । 

विश्वका ७० भन्दा धेरै देशका २५० वैज्ञानिकले यो रिपोर्ट तयार गरेका हुन् । उक्त रिपोर्ट केन्यामा भइरहेको संयुक्त राष्ट्र संघको पर्यावरण सभाको क्रममा प्रस्तुत गरिएको थियो । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १३:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया