काठमाडौंमा एकैदिन १५ सय बढी सवारी कारवाहीमा

काठमाडौं– पछिल्ला दिन ट्राफिकले नियम मिच्ने सवारी चालकमाथिको कारवाहीलाई तीव्र बनाएको छ । फलस्वरुपः एकैदिन १५ सयभन्दा बढी सवारी चालक कारवाहीमा पर्न थालेका छन् । 

महानगरीय ट्राफिक महाशाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार ४ चैतमा १५ सय २० सवारी चालक कारवाहीमा परेका छन् । यीमध्ये सबैभन्दा धेरै कारवाहीमा फुटपाथमा पार्किङ गर्नेहरु छन् । फुटपाथमा पार्किङ गरेकाले ४ गते २०९ सवारी चालक कारवाहीमा परेका छन् । दोस्रो ठूलो कारवाही लेन अनुशासन नमान्नेलाई गरिएको छ । लेन अनुशासन नमानेका १ सय ५२ सवारी कारवाहीमा परेका छन् । 

सोमबार ट्राफिकले जेब्रा क्रसिङमाथि सवारी रोक्नेलाई पनि कारवाही गरेको छ । जेब्रामाथि सवारी रोक्ने ४६ सवारी चालक कारवाहीमा परे भने मदिरा सेवन गरेर सवारी चलाउने ८४ सवारी साधन पनि कारवाहीमा परेका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १०:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया