गण्डकी मेडिकल कलेजका सन्चालकले विद्यार्थी र अभिभावकलाई दबाब दिन छाडेनन्

कास्की— गण्डकी मेडिकल कलेजका सन्चालकविरुद्ध ठगी मुद्दामा प्रहरीमा कारवाहीका लागि उजुरी दिएपछि उनीहरुले विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक दबाब दिन थालेका छन् । पक्राउ पुर्जी जारी भएपछि उनीहरुले अभिभावक र विद्यार्थीलाई विभिन्न धम्की दिँदै दबाब दिन थालेको त्यहाँका विद्यार्थी बताउँछन् । 

बढी लिएको शुल्क फिर्ता हुनु पर्ने माग गर्दै डेढ महिनाभन्दा बढी समय त्यहाँका विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले आन्दोलन सुरु गरेसँगै फरार रहेका सन्चालकले पक्राउ पुर्जी जारी भएपछि यस्तो दबाब दिन थालेका हुन् । कान्तिपुर दैनिकमा पोखराबाट भीम घिमिरे र बिना थापाले लेखेको समाचारअनुसार प्रहरीले दुई सन्चालकलाई पक्राउ गरिसकेको जनाएको छ । 

अर्कोतिर लामो समय आन्दोलनमा थलिएको कलेजमा अब पढाइ सन्चालन हुने÷नहुने अन्योल बढेको छ । ‘शिक्षकले पनि पढाइ सुरु गरौँ भन्दा व्यवस्थापन पक्षले सुचारु गर्नु भनेकै छैनन्, कसरी पठनपाठन गर्नू ?’ भन्ने जवाफ दिने गरेको त्यहाँका विद्यार्थीले बताएका छन् । 

सरकारले तोकेको भन्दा ८ देखि १६ लाख बढी पैसा असुली गरेको भन्दै सन् २०१५ देखि सन् २०१८ सम्मको ब्याचका विद्यार्थी कलेजमा आन्दोलित थिए । उनीहरु आफूसँग लिइएको अतिरिक्त पैसा फिर्ता हुनु पर्ने मागमा अडिग छन् । सरकारले पनि आफ्ना मागको कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ । 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार ८:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया