सलमानसँग बेबी आलिया, तस्बिर सामाजिक सञ्जालमा भाइरल

एजेन्सी– यतिबेला सलमान खान र आलिया भट्ट संजय लीला भन्सालीको फिल्म इंशाअल्लाहमा देखिने खबर मिडियामा छाइरहेकाे छ ।

योभन्दा पहिला सलमानले भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ गरिसकेका छन् । सलमान र आलियाका फ्यानहरुलाई यो कुरा त्यति मन परिरहेको थिएन् । उनीहरु यी दुवैको उमेर अन्तरलाई लिएर सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि पोखिरहेका थिए । 

ठिक, यहिबेला सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ, जसमा बेबी आलिया सलमानको छेउमा बसेको देखिन्छिन् । 

भन्सालीको आउने चलचित्रमा यी जोडी देखिने खबर आएपछि मानिसहरुले फिल्मको कहानीमा ऐज ग्यापलाई लिएर अनुमान गर्न सुरु गरेका छन् । सामाजिक सञ्जालमा यी दुई कलाकारका फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका बेला सलमान र आलियाको यो तस्बिरले सबैको ध्यान खिचेको छ । 

ट्विटरमा सेयर गरिएको यो तस्बिरमा सलमानसँग सानी आलिया बसेकी छन्, र क्याप्सनमा लेखिएको छ ‘कसलाई थाहा थियो, दुबै कहिले लिड जोडीको रुपमा देखिनेछन् ।’



यसपछि सामाजिक सञ्जालमा विभिन्न क्रियाप्रतिक्रिया आउनेक्रम जारी छ । 

सलमानले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै लगभग २० वर्षपछि संजय लीला भन्सालीसँग काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । 



सलमानले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन् ‘म खुशी छु, पूरै २० वर्षपछि संजयको नयाँ फिल्म इंशाअल्लाहमा काम गर्दै छु । आलियासँग यो फिल्ममा काम गर्न म उत्साहित छु । इंशाअल्लाह हामी यो यात्रामा सफल हौं ।’

  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १२:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया