नागरिकता विधेयक फिर्ता लिन मालेको माग

काठमाडौं– नेकपा (माले)ले स्रघीय संसद्मा पेस गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अंगीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको छ । 

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय, रातोपुल, काठमाडौंमा सम्पन्न स्थायी कमिटीको बैठकले सरकारले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउँदै उपरोक्त माग सम्बन्धमा राष्ट्रिय हितअनुकूलका प्रावधान ऐनमा समेट्न माग गरेको हो । 

विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्मी यहीँ बसोवास गर्ने आधारमा जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्नेका सन्तानले त्यसप्रकार वितरित भएका नागरिकता प्रमाणपत्रको न्यायिक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । 

कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्तै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने मालेको निष्कर्ष छ । 

सेना परिचालनमा राष्ट्रिय सुरक्षा समिति र राष्ट्रपतिको भूमिकालाई न्यूनीकरण गरिएमा जनतामाथि निरंकुशतन्त्र र सैनिक शासनको खतरा बढ्ने हुँदा त्यसतर्फ सतर्क हुन सरकारलाई बैठकले आग्रह गरेको छ । 
 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १८:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया